हाइटेन्सन लाइन बनाउने क्रममा युवकको प्राणान्त

हाइटेन्सन लाइन बनाउने क्रममा युवकको प्राणान्त

पूर्वी नवलपरासीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । बाँकेको नरेनापुर गाउँपालिका–४ घर भएका २४ वर्षीय कुलदिप गुरुङको निधन भएको बताइएको छ ।

हिजो दिउँसो कावासोती नगरपालिका–१६, चालिस किलो जंगलमा हाइटेन्सनको लाइन बनाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । लगत्तै उपचारार्थ मध्यबिन्दु जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । 

मृतक गुरुङ काठमाडौंस्थित रोयल कन्स्ट्रक्सन कम्पनीका कर्मचारी रहेको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू