काठमाडौंका तीन स्थानमा नेपालको खेल निःशुल्क देखाइने

काठमाडौंका तीन स्थानमा नेपालको खेल निःशुल्क देखाइने

टी–२० विश्वकप क्रिकेटमा नेपालले खेल्ने खेल काठमाडौँ महानगरले निःशुल्क हेर्ने व्यवस्था मिलाएको छ । महानगरले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा खेलको प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको हो । 

ओपन डोर्स इन्टरटेनमेण्टको सह–आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा आज साँझ तीन स्थानमा खेलको प्रत्यक्ष प्रसारण गर्न लागिएको महानगरको मेयर बालेन्द्र (बालेन) साहको सचिवालयको सदस्य नविन भण्डारीले जानकारी दिए । 

उनका अनुसार त्यसका लागि ती स्थानमा ठूला एलईडी स्क्रीन जडान गरिनेछ । टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइने उनले बताए । त्यस्तै, खेलको प्रदर्शन शुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योमाको सांगीतिक प्रस्तुति हुनेछ । 

टी–२० विश्वकपमा नेपालले आज पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति ९ः१५ बजेबाट शुरु हुँदैछ ।
 

टिप्पणीहरू