विश्वकपमा छक्का हान्नेलाई २० हजार, विकेट र डट बलको पनि नगद पुरस्कार

विश्वकपमा छक्का हान्नेलाई २० हजार, विकेट र डट बलको पनि नगद पुरस्कार

अर्ना वियरले टी–२० विश्वकप क्रिकेटमा नेपाली खेलाडीका लागि नगद पुरस्कारको घोषणा गरेको छ । अर्नाले प्रत्येक रन, चौका, छक्का, विकेट र डट बलमा पुरस्कार दिने भएको हो ।

नेपाली खेलाडीले बनाउने प्रत्येक रनको एक हजार, चौकाको दश हजार र छक्काको २० हजार रुपैयाँ दिने अर्नाको घोषणा छ । त्यस्तै, बलिङतर्फ प्रत्येक डट बलको एक हजार पाँच सयसहित मेडन ओभर र विकेटको २०-२० हजार रुपैयाँ दिने अर्नाले जनाएको छ । 

हरेक म्याचमा जित्ने कुल रकम खेलाडीहरुबीच बाँड्ने र त्यो बराबर अर्को रकम नेपालको क्रिकेट पूर्वाधार विकासका लागि उपलब्ध गराउने समेत अर्नाले जानकारी दिएको छ । खेलाडीहरुको मनोबल उच्च राख्न तथा प्रोत्साहन गर्न नगद पुरस्कारको घोषणा गरिएको उसको भनाइ छ । 

अर्ना वियरले यसअघि टी–२० विश्वकपको एसिया कप छनौटमा पनि नेपाली खेलाडीका लाथि नगद पुरस्कार घोषणा गरी वितरण गरेको थियो । 

दशकपछि विश्वकपमा पुगेको नेपालले आज पहिलो खेल नेदरल्याण्डसँग खेल्दैछ । खेल नेपाली समयानुसार राति ९ बजेर १५ बजेबाट सुरु हुनेछ ।
 

टिप्पणीहरू