दार्चुला जीप दुर्घटनामा एकको निधन, आठ घाइते

दार्चुला जीप दुर्घटनामा एकको निधन, आठ घाइते

दार्चुलाबाट धनगढी जाँदै गरेको जीप दुर्घटनामा एक जनाको निधन भएको छ । लेकम गाउँपालिकाबाट छुटेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जीप बुडर नजिक दुर्घटनामा परेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय बुडरका अनुसार मृतकको परिचय खुलेको छैन । घाइतेमध्ये चार जनाको अवस्था सामान्य छ । उनीहरुलाई उपचारार्थ धनगढी पठाइएको छ ।

टिप्पणीहरू