संसद बैठकमा बजेटमाथि छलफलसँगै विधेयक प्रस्तुत गरिँदै

संसद बैठकमा बजेटमाथि छलफलसँगै विधेयक प्रस्तुत गरिँदै

प्रतिनिधिसभाको बिहान ११ बजे बोलाइएको बैठकमा विभिन्न मन्त्रालयअन्तर्गत विनियोजित विधेयकमाथिको छलफल गर्ने कार्यसूची छ । आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र अर्थ मन्त्रालयअन्तर्गत विनियोजित बजेटका विभिन्न शीर्षकमाथि छलफल हुने बताइएको छ ।

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

त्यसपछि उहाँले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रस्तुत गर्नुहुने छ ।

टिप्पणीहरू