पहिरोपछि डुम्रे–बेँसीसहर सडक अवरुद्ध, यात्रुको बिचल्ली

पहिरोपछि डुम्रे–बेँसीसहर सडक अवरुद्ध, यात्रुको बिचल्ली

रातिको वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ दलालमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

वर्षाका कारण सडक खुलाउन समस्या भएको बताइएको छ । प्रहरी टोली परिचालन भए पनि निरन्तरको वर्षाले सडक खुलाउन नसकिएको हो । पहिरोका कारण बेँसीसहरबाट काठमाडौँ, पोखरालगायतका स्थानमा जाने यात्रु र डुम्रेबाट बेँसीशहर तथा मनाङ जाने यात्रुहरु बिचल्लीमा परेका छन् ।

टिप्पणीहरू