संसद बैठकमा अधिकांश बजेट शीर्षकमा एक रुपैयाँ घटाउने प्रस्ताव

संसद बैठकमा अधिकांश बजेट शीर्षकमा एक रुपैयाँ घटाउने प्रस्ताव

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे डाकिएको छ । आज पनि आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकमाथिको छलफल जारी रहने बताइएको छ । 

संसदका महासचिव पद्यम प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा नौ वटा सम्भावित कार्यसूची तोकिएको छ । तीमध्ये अधिकांश एक रुपैयाँ खर्च कटौतीको प्रस्ताव छन् ।

सांसदहरु अमरेश कुमार, प्रेम सुवाल, बुद्धिमान तामाङ, रोशन कार्की, राजेन्द्र प्रसाद लिंगदेन, ज्ञानबहादुर शाही, ध्रुवबहादुर प्रधान, विना लामाले छुट्टाछुट्टै रुपमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ ।

आजको बैठकमा गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमा छुट्टयाइएका आर्थिक वर्ष २०८१–८२ को बजेटमाथि छलफल हुने कार्यसूची छ ।

टिप्पणीहरू