मुखैमा आएको राजदूत जसले खान मानेनन्

मुखैमा आएको राजदूत जसले खान मानेनन्

दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएका मानवअधिकारकर्मी सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन् । 

आज विज्ञप्ति सार्वजनिक गर्दै उनले बिना सूचना तथा जानकारी आफ्नो नाम राजदूतका लागि सिफारिस भएकोमा आश्चर्य प्रकट गर्दै पद अस्वीकार गरेका हुन् । आफ्नो सिफारिस फिर्ता लिनका लागि प्रधानमन्त्री कार्यालयमा औपचारिक पत्र दर्ता गराइसकेको प्याकुरेलले जानकारी दिए ।

‘सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवत् दर्ता गराइसकेको छु’,विज्ञप्तिमा भनिएको छ, ‘यसवीच मलाई बधाई, शुभकामना दिँदै मप्रति सद्भाव प्रकट गर्नु हुने सबैमा धन्यवाद ज्ञापन गर्दछु ।’

अस्ति शुक्रबार बसेको क्याबिनेट बैठकले दक्षिण कोरियासहित ८ देशका निम्ति राजदूत नियुक्त गर्ने गरेको थियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकार भएर काम गरेका प्याकुरेल एमाले कोटामा राजदूत सिफारिस भएका हुन् । 

तर,राजदूतजस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि,कार्यदक्षता,रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक,आर्थिक, सामाजिक स्थितिसम्बन्धी ज्ञानका विषयमा विमर्श नगरिएकोप्रति उनले असन्तुष्टि जनाएका छन् ।

टिप्पणीहरू