राजधानीमा एकाबिहानै कार दुर्घटना, एकको मृत्यु

राजधानीमा एकाबिहानै कार दुर्घटना, एकको मृत्यु

काठमाडौंको रामकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–६, छमछमे खोलाको कलभर्टमा कार खस्दा चालक पूर्ण दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार आज बिहान साढे ५ बजेको समयमा खसेको बताइएको छ । मृतक चालक सोही नगरपालिकाको खरिबोटका बासिन्दा भएको खुलेको छ ।

दुर्घटनामा परेको कार क्षतिग्रस्त भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू