एक महिनामा जर्नेललगायत पाँच जनाको अवकाश

एक महिनामा जर्नेललगायत पाँच जनाको अवकाश

नेपाली सेनाका जर्नेललगायत पाँच जनाले एउटै महिनामा अवकाश पाएका छन् । गत चैत २५ गते प्राड उपरथी रत्नप्रकाश थापाले पदावधिको हदबाट अवकाश पाएका थिए । 

त्यसअघि मानार्थ प्रमुख सेनानी बालकुमार सुनारले अवकाश पाए । नम्बर १ वन तथा पर्यावरण सुरक्षा गणका सुनारले चैत १ गते उमेर हदबाट अवकाश पाएको सेनाले आन्तरिक परिपत्रबाट सबै युनिटलाई जानकारी गराएको छ ।

तीन जना सेनानीले पनि सोही महिनाको २३ गते एकैदिन अवकाश पाएका छन् । पदावधिको हदबाट अवकाश पाउनेमा रामचन्द्र कटुवाल,भिष्म रावल र रविनकुमार अधिकारी छन्  । कटुवाल चण्डीप्रसाद गणमा,रावल नरसिंहदल गणमा र अधिकारी गोरखदल गणमा थिए ।

टिप्पणीहरू