श्रीलंका जान लागेका इरानीहरुको लगेजमा विदेशी मुद्राको बिटो

श्रीलंका जान लागेका इरानीहरुको लगेजमा विदेशी मुद्राको बिटो

काठमाडौंबाट श्रीलंकाको कोलम्बो जान लागेका दुई जना इरानी नागरिकको साथबाट डलरलगायत विदेशी मुद्रा फेला परेको छ । ३० दिनको टुरिष्ट भिसामा जेठ २० गते कोलम्बोबाट काठमाडौं आएका उनीहरु आज श्रीलंकन एअरलाइन्सको उडान नम्बर युएल १८२ मा फर्कन लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् ।

पासपोर्ट नम्बर एम६५९५६९३८ का याज्दान्यार माजिदियाही र एच ६६०३९६७७ का पेगाहअ ताहेरीको साथबाट १२ हजार पाँच सय अमेरिकी डलर एक हजार सात सय ५० अवैध युरो फेला परेको बताइएको छ ।

प्रहरीका अनुसार बेलायती पौण्ड चार हजार दुई सय, दिराम १६ हजार पाँच सय, श्रीलंकन मुद्रा रुफिया आठ लाख ४० हजार र भारतीय रुपिया आठ हजार आठ सय उनीहरुको ब्यागेजमा भेटिएको हो ।

बरामद मुद्रासहित उनीहरुलाई महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । भोलि विदेशी विनिमयको अवैध कारोबार सम्बन्धी कसुरमा राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाइने प्रहरीको तयारी छ ।

टिप्पणीहरू