संघीय संसद भवनका इञ्जिनियरकै प्रमाणपत्र नक्कली

संघीय संसद भवनका इञ्जिनियरकै प्रमाणपत्र नक्कली

काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिमा कार्यरत इलेक्ट्रोनिक्स इञ्जिनियर जीवनप्रसाद अधिकारीविरुद्ध नक्कली शैक्षिक योग्यतासम्बन्धी आरोपपत्र दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । उनले भारतको कोलकतास्थित द इन्स्टिट्युसन इन्जिनियर्सबाट इलेक्ट्रोनिक्स र सञ्चार इन्जिनियरिङ पास गरेको जनाउँदै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर समितिको इलेक्ट्रोनिक्स ओभरसियर साउण्ड पदमा नियुक्ति लिएको अख्तियारको दाबी छ । 

हालसम्म उक्त पदमा रहेर सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम कैद र जरिवाना सजायको मागदाबीसहित मुद्दा दर्ता गरिएको हो ।

टिप्पणीहरू