नेपाल आइडलका विजेतालाई भ्याइनभ्याई

नेपाल आइडलका विजेतालाई भ्याइनभ्याई
सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  ‘नेपाल आइडल : सिजन–५’ का विजेता करण परियारलाई बधाईसँगै शुभकामना दिनुभएको छ । उहाँले आज करणलाई च्यासलस्थित पार्टी कार्यालयमा भेटेर उज्जल सांगीतिक भविष्यको निम्ति शुभकामना दिनुभएको बताइएको छ ।

भेटबारे अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘समय पाएको बेला मैले करण परियारको सुमधुर गायन सुनेको थिएँ, नेपाल आइडल सिजन–५ को विजेता घोषित हुँदा प्रतिभाको कदर भएको महशुस गरेको थिएँ ।’ आज भेट हुँदा खुशी लागेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

यसअघि करणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी निवास बालुवाटारमा भेटेर गीतार उपहार दिनुभएको थियो ।

टिप्पणीहरू