बर्खास्तीअघि इन्स्पेक्टर खड्कालाई सात दिने पुर्जी

बर्खास्तीअघि इन्स्पेक्टर खड्कालाई सात दिने पुर्जी

गृह मन्त्रालयले सशस्त्र प्रहरीका इन्स्पेक्टर डा.अनुप खड्कालाई कारबाहीको तयारी गरेको छ । 

डेढ महिनादेखि बिना जानकारी गैरहाजिर रहेका उनलाई पटक–पटक सूचना टाँस गरी हाजिर हुन भनिएकोमा वेबास्ता गरेपछि मन्त्रालयले कारबाही गर्न लागेको हो । मन्त्रालयले आज सूचना जारी गर्दै सशस्त्र प्रहरी नियमावली, २०७२ बमोजिम विभागीय सजाय किन नदिने ? भन्दै उनलाई स्पष्टीकरण सोधेको छ । 

आगामी सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिँदै अटेरी गरेमा कारबाहीको प्रक्रिया अघि बढ्ने मन्त्रालयको चेतावनी छ। 

‘तपाईं (प्राविधि सशस्त्र प्रहरी निरीक्ष, आईडिनं.१७१२ का डा.अनुप खड्का) लाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) बमोजिमको कसुरमा ऐ नियमावलीको नियम ११० को खण्ड (ख) (१) बमोजिम विभागीय सजाय किन नदिने ? दिनु नपर्ने कुनै मनासिब कारण भए बाटोको म्याद बाहेक यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र यस मन्त्रालयमा स्पष्टीकरण पेश गर्नु,’ सूचनामा उल्लेख छ । 

काठमाडौंको बलम्बुस्थित नेपाल एपिएफ अस्पतालमा दरबन्दी भएका सशस्त्रका प्राविधिक इन्स्पेक्टर खड्का गत जेठ १ गतेदेखि कोही कसैलाई कुनै किसिमको जानकारी नगराई गैरहाजिर रहेको जनाइएको छ ।
 

टिप्पणीहरू