गुल्मीमा एकाघरका पाँच जना पहिरोमा पुरिए, बागलुङमा वृद्ध दम्पती

गुल्मीमा एकाघरका पाँच जना पहिरोमा पुरिए, बागलुङमा वृद्ध दम्पती
सुन्नुहोस्

गुल्मीमा एकै घरका पाँच जना पहिरोमा पुरिएका छन् । मालिका गाउँपालिका ६ अर्जे ठाँटीमा घर पुरिँदा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

पाँचमध्ये एक जनाको शव निकालिएको छ । प्रहरीका अनुसार उद्धार कार्य जारी छ । 

उता बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा गएको पहिरोमा घर पुरिँदा वृद्ध दम्पतीको ज्यान गएको छ । पहिरोमा ५५ वर्षीय प्रेम विक र श्रीमती ५० वर्षीया वसन्ती पुरिएका हुन् ।

पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडकसमेत अवरुद्ध छ ।

टिप्पणीहरू