उड्न ठिक्क परेको विमानका क्याप्टेन अस्पताल भर्ना, यात्रु सबै होटलमा

उड्न ठिक्क परेको विमानका क्याप्टेन अस्पताल भर्ना, यात्रु सबै होटलमा

काठमाडौंबाट युएईको अबुधाबी उड्न ठिक्क परेको विमानका क्याप्टेन सिकिस्त भएपछि अस्पताल भर्ना भएका छन् । हिजो बेलुकी ६ बजे अबुधाबीतर्फ जान लागेको एअर अरेबियाको उडान नम्बर ३ एल ०४४ का क्याप्टेन बोत्रो एक्कासी बिरामी भएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल लगिएको थियो ।

क्याप्टेन बिरामी भएपछि उड्न ठिक्क परेका १४७ जना यात्रुलाई विमानबाट झारेर होटल लगिएको हो । विमानस्थल नजिकैको एअरपोर्ट होटलमा राखिएका उनीहरुलाई आज त्यता लगिने विमान कम्पनीले जनाएको छ ।

क्याप्टेनको ह्याम्समा उपचार जारी रहेको बुझिएको छ ।

टिप्पणीहरू