अनिकालको परिणाम : मकवानपुरमा गयो एक जनाको ज्यान, पाँच जनाको अवस्था गम्भीर

अनिकालको परिणाम : मकवानपुरमा गयो एक जनाको ज्यान, पाँच जनाको अवस्था गम्भीर

मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका ७ स्थित दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाएकामध्ये एकजनाको ज्यान गएको छ । 

उक्त तरकारी खाएका अन्य चारजनाको स्वास्थ्य अवस्था गम्भीर छ । मृत्यु भएकामा ४५ वर्षीय दलबहादुर चेपाङ रहेको ७ नम्बर वडाध्यक्ष रामबहादुर चेपाङले जानकारी दिए । गम्भीर अवस्थाका अन्य चारजनालाई वडाध्यक्ष रामबहादुरको सहजीकरणमा गाडी व्यवस्थापन गरेर अस्पताल पुर्याइएको छ ।

मृतक दलबहादुरकी श्रीमती जालीमाया, उनकी छोरी रेन्जु, सविना र छोरा सुुशीललाई भरतपुरस्थित सरकारी अस्पतालतर्फ लगिएको त्यहाँ कार्यरत गैरसरकारी संस्था युएसडी नेपालका अनिल पौडेलले बताए ।

अनिकालको चपेटामा परेका चेपाङ समुदायले छाक टार्न जंगली कन्दमूल, च्याउ, वन तरुललगायत खाने गर्छन् । जंगली च्याउ सेवनका कारण वर्षेनी चेपाङ बस्तीमा यस्तो दुःखद् घटना हुने गरेको छ ।

टिप्पणीहरू