कर्मचारी सरुवासम्बन्धी कार्य स्थगन

कर्मचारी सरुवासम्बन्धी कार्य स्थगन

सरकारले कर्मचारी सरुवासम्बन्धी प्रक्रिया स्थगन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवालाई व्यवस्थित गर्न नयाँ मापदण्ड बनाउनुपर्ने भएकाले हाललाई सबै प्रक्रिया स्थगित गरेको जानकारी दिएको छ । 

अर्को सूचना प्रकाशित नभएसम्मका लागि कर्मचारी सरुवा नहुने मन्त्रालयले जारी गरेको सूचनामा स्पस्ट पारेको छ । ‘नेपाल सरकार, सचिव बैठकको मिति २०८१–०३–०६ गतेको निर्णयानुसार कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकोले अर्को सूचना प्रकाशित नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरिएको व्यहोरा मिति २०८१–०३–०७ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ ।

 

टिप्पणीहरू