आठ जिल्लामा न्यायाधीश नियुक्त, २७ जिल्लामा बाँकी

आठ जिल्लामा न्यायाधीश नियुक्त, २७ जिल्लामा बाँकी

न्याय सेवा आयोगले आठ जिल्लामा न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।

आज बसेको आयोगको बैठकले लिखित परीक्षा उतीर्ण आठ जनालाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । अन्जनराज सापकोटा, कमलकान्त जोशी, चन्द्रमणि चापागाईं, तिलक कार्की, नारायण सापकोटा, नीतिज राई, वसन्तराज जोशी र मनिराज ज्ञवाली छन् । 

२०३ जनाले लिखित परिक्षा दिएकोमा आठ जनामात्र उतीर्ण भएको र अन्तर्वार्तापछि उनीहरुको नाम नियुक्तिको लागि सिफारिस गरिएको आयोगका प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए ।

 

आयोगका अनुसार अझै २७ जिल्लामा न्यायाधिश पद रिक्त छ ।

टिप्पणीहरू