विशेष आर्थिक क्षेत्र प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्तिको तयारी

विशेष आर्थिक क्षेत्र प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्तिको तयारी

विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया शुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सूचना प्रकाशित गर्दै उक्त पदमा दरखास्त मागेको हो । 

विशेष आर्थिक क्षेत्र ऐन, २०७३ को दफा २२ बमोजिमको योग्यता पुगेका व्यक्तिले आगामी २१ दिनभित्र दरखास्त दिनसक्ने मन्त्रालयले जनाएको छ । आवश्यक योग्यता, अनुभव, पेश गर्नुपर्ने कागजातलगायत विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा राखिएको जानकारी दिइएको छ । 

यस सम्बन्धमा थप बुझ्रनु परेमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा सम्पर्क गर्न सकिनेछ ।

टिप्पणीहरू