क्यान्सर अस्पतालका सहायकको प्रमाणपत्र नक्कली

क्यान्सर अस्पतालका सहायकको प्रमाणपत्र नक्कली

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालिन असिस्टेन्ट सुकबहादुर तामाङविरुद्ध नक्कली शैक्षिक योग्यतासम्बन्धी आरोपपत्र दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । आयोगका अनुसार तामाङको एसएलसीको प्रमाणपत्र नक्कली रहेको पाइएको छ । 

उनले काठमाडौंको रामशाहपथस्थित पद्मोदय माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अस्पतालको जुनियर असिस्टेन्ट पदमा नियुक्ति लिएको देखिन आएको बताइन्छ । 

उनले असिस्टेन्ट पदमा बढुवा हुनसमेत सो सर्टिफिकेट प्रयोग गरेका थिए । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

टिप्पणीहरू