जीप दुर्घटनामा आठको निधन, छ घाइते

जीप दुर्घटनामा आठको निधन, छ घाइते

रोल्पाको जीप दुर्घटनामा एक बच्चासहित आठजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएको बताइएको छ ।

माडी गाउँपालिका २, घर्तीगाउँबाट माडी ४, तलाबाङ जाँदै गरेको लु.१ज ३२५२ नम्बरको जिप परेवा छहरामा हिजो दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

दुर्घटनाका मृत्यु भएकाहरुको पहिचान खुलेको छैन । घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र घर्तीगाउँमा पठाएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख (डीएसपी) भरत लामाले जानकारी दिए ।

घाइतेहरूको अवस्था चिन्ताजनक छ । जीप सडकबाट करिब चार सय मीटर तल खसेको छ । 

टिप्पणीहरू