समाचार हटाउन माग गर्दै आरजुका स्वकीय सचिव प्रेस काउन्सिलमा

समाचार हटाउन माग गर्दै आरजुका स्वकीय सचिव प्रेस काउन्सिलमा

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी एवं सांसद आरजु राणाको नाम जोडेर समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमलाई कारबाही गर्न माग गर्दै प्रेस काउन्सिलमा उजुरी परेको छ । स्वकीय सचिव कमल रावलले नौ वटा सञ्चारमाध्यमविरुद्ध आज काउन्सिलमा उजुर हालेका हुन् । 

उजुरी पर्नेमा योहो टेलिभिजन एचडी, सगरमाथा टिभी,न्यूज २४ नेपाल, प्राइम टाइम्स एचडी, कान्तिपुर टिभी एचडी, एकता टिभी नेपाल, नेपाली खबर टिभी, खोजीनीति खबर,कलर अफ नेपाल छन्  । 

आरजुको चरित्रहत्या गर्ने मनशायले भ्रामक समाचार प्रकाशित गरेको उल्लेख गर्दै उनले ती सामग्री हटाउन माग गरेका छन् । त्यस्तै, ती मिडियाका सम्पादक, प्रकाशक र समाचार लेख्ने सञ्चारकर्मीलाई कारबाही गर्न भनिएको छ ।

दर्ता नम्बर ५१७८ भएको उजुरीपत्रमा लेखिएको छ,‘उपरोक्त सम्बन्धमा माननीय आरजु राणा देउवालाई जोडेर प्रकाशन–प्रशारण भएका समाचारहरु तथ्यहीन, भ्रामक र उहाँको चरित्रहत्या गर्ने मनसायले प्रकाशित भएकाले यसका सम्पादक, प्रकाशक र समाचार तयार गर्ने सञ्चारकर्मीहरुलाई कानुनअनुसार कारबाही गरी उक्त भ्रामक समाचार हटाउन निर्देशन दिन अनुरोध गर्दछु ।’

टिप्पणीहरू