अन्तर्राष्ट्रिय विमानस्थल छिर्न सुरक्षापास वितरण धमाधम

अन्तर्राष्ट्रिय विमानस्थल छिर्न सुरक्षापास वितरण धमाधम
सुन्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सुरक्षा निकायको पासमा व्यापक कटौती गरिएको छ । 

हिजोदेखि वितरण गर्न थालिएको २०२४–२०२५ को सुरक्षापासमा कटौती गरिएपछि राष्ट्रिय अनुसन्धान विभागको विमानस्थल इकाइले नेपाल प्रहरीप्रति असन्तुष्टि जनाएको छ । विभागीय स्रोतले भनेको छ, ‘यो राम्रो भएन । सुरक्षाको दृष्टिकोणले निकै जोखिमपूर्ण निर्णय गरियो । यसमा नेपाल प्रहरीको हात छ ।’

‘हाम्रा अनुसन्धान अधिकृतलाई टावरमा जान रोक लगाइएको छ । हाम्रै अन्य कर्मचारीलाई भन्सार कार्यालयअन्तर्गतको कार्गो कम्प्लेक्समा जान नपाइने पास दिइएको छ ।’

नेपाल प्रहरीका असइ र सइहरुलाई विमानस्थलको सबै क्षेत्रमा जान सकिने फुलपास दिइएको तर आफ्ना इन्सपेक्टरसरहका कर्मचारीलाई समेत टावरमा जान रोक लगाइएको भन्दै राष्ट्रिय अनुसन्धानका कर्मचारीले आफ्ना प्रमुख हुतराज थापासमक्ष हारगुहार गरेका छन् ।

उनले भनेका छन्, ‘हाम्रा अनुसन्धान अधिकृतलाई टावरमा जान रोक लगाइएको छ । हाम्रै अन्य कर्मचारीलाई भन्सार कार्यालयअन्तर्गतको कार्गो कम्प्लेक्समा जान नपाइने पास दिइएको छ ।’

खुफिया एजेन्सी उपस्थित नभएको र विभिन्न सुरक्षा निकायलाई बन्देज लगाइएको विमानस्थल सुरक्षाको दृष्टिकोणले असुरक्षित मानिने उनको दाबी छ । अन्तर्राष्ट्रिय नागरिक हवाई उड्डयन संगठन (आइकाओ) ले त्यस्तो व्यवस्थालाई अवैध र असुरक्षित मान्ने गरेको नेपाल प्रहरीबाहेकका सुरक्षा निकायहरुको बुझाई छ ।

टिप्पणीहरू