भारतीय मूलका अमेरिकीहरुको झोलाभरि अवैध पैसा

भारतीय मूलका अमेरिकीहरुको झोलाभरि अवैध पैसा

काठमाडौंबाट नयाँ दिल्ली हुँदै उड्न लागेका भारतीय मूलका दुई जना अमेरिकीको साथबाट हजारौं डलर,चिनियाँ युआन र भारतीय मुद्रा फेला परेको छ ।

आज बिहान साढे १० बजे इण्डिगो एयरको उडान नम्बर ६इ ११५२ बाट नयाँ दिल्ली उड्न लागेका ७० वर्षे जयन्तीभाइ गोर्धन भाइ लिम्बाचिया र ५७ वर्षकी प्रतिमा बेन जयन्तीभाइ लिम्बाचियालाई प्रहरीले अवैध विदेशी मुद्रासहित नियन्त्रणमा लिएको छ । 

उनीहरुको ब्यागेजबाट १९ हजार ५० अमेरिकी डलर, चिनियाँ युआन आठ हजार ९६६ र भारतीय रुपैयाँ ६० हजार २०० रुपैयाँ फेला परेको हो । ती दुईजना असार ४ गते अमेरिकाबाट मुम्बई हुँदै काठमाडौं आएका थिए ।

प्रहरीले वैदेशिक विनिमय ऐनअन्तर्गत आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा बुझाएको छ ।

टिप्पणीहरू