म्याद सकिएका काँग्रेस भ्रातृ संगठनको संख्या १०

म्याद सकिएका काँग्रेस भ्रातृ संगठनको संख्या १०
सुन्नुहोस्

नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) सहित १० वटा भ्रातृ संगठनको महाधिवेशन सम्पन्न गर्न म्याद थप गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले उक्त निर्णय गरेको छ ।

बैठकले भ्रातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गराउन फरक भ्रातृ संघका लागि अधिकार सम्पन्न फरक–फरक निर्देशक समिति गठन गर्नेसमेत निर्णय गरेको छ । 

यस्तै, नेविसंघसहित तरुण दल, महिला संघ, किसान महासंघ, दलित संघ, लोकतान्त्रिक खेलकुद संघ, प्रजातन्त्र सेनानी संघ, भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ र थारु संघको महाधिवेशन सम्पन्न गर्न म्याद थप गरिएको हो । 

यी भ्रातृ संघहरुको म्याद असार १५ गते सकिएको थियो । बैठकले आगामी चैत मसान्तसम्म अनिवार्य रुपमा महाधिवेशन गर्न समेत निर्देशन दिएको छ ।

टिप्पणीहरू