गृहसचिव र आइजिपी दुई घण्टा आकाशमै फन्फनी

गृहसचिव र आइजिपी दुई घण्टा आकाशमै फन्फनी
सुन्नुहोस्

गृहसचिवसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख सवार विमानले सिमरामाथिको आकाशमा दुई घण्टा बढी समय चक्कर काटेको छ । अमेरिकाबाट सपत्नी फर्केका सचिव एकनारायण अर्याल,प्रहरी प्रमुख बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल दोहा हुँदै काठमाडौं आउने क्रममा कतार एअरवेजको विमान निर्धारित समयभन्दा दुई घण्टा ढिलो काठमाडौं विमानस्थलमा अवतरण गरेको हो ।

वर्षाका कारण काठमाडौं र मकवानपुरमाथिको आकाशमा भिजिबिलिटी कम भएपछि कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ विमान साँझ ६ बजेर ३५ मीनेटमा अवरण गरेको छ । उक्त विमान पौने ५ बजे नै अवतरण गर्नुपर्ने थियो ।

 

सचिव अर्याल,आइजी कुँवर र अर्याल गत साता अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्र संघले आयोजना गरेको कार्यक्रममा सहभागी भएर फर्केका हुन् ।

 

सिमरामाथि आइपुगेपछि मौसम प्रतिकूल हुँदा अपरान्ह साढे ४ देखि ६ बजेसम्म अन्य विमानको उडान पनि प्रभावित भएको छ । बैंककबाट आएको थाइ लायन र ढाकाबाट आएको हिमालयन एअरलाइन्सको विमान पनि निर्धारित समयभन्दा निकै ढिलो अवतरण गरेका थिए । झण्डै आधा दर्जन आन्तरिक उडानका विमानले पनि सिमरामाथि चक्कर लगाए ।

टिप्पणीहरू