प्रसूति अस्पतालमा स्वस्थ शिशु प्रतिस्पर्धा

प्रसूति अस्पतालमा स्वस्थ शिशु प्रतिस्पर्धा
सुन्नुहोस्

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले स्वस्थ शिशु प्रतिस्पर्धाको आयोजना गर्ने भएको छ । अस्पताल विकास समितिले आगामी साउन ३० गते स्वास्थ्य शिशु प्रतिस्पर्धा गराउने निर्णय गरेको हो । 

अस्पतालमा जन्मिएका एक वर्षसम्मका बालबालिकाले प्रतिस्पर्धामा भाग लिन सक्ने समितिले जनाएको छ । इच्छुक अभिभावकले साउन १९ गतेभित्र आवेदन दिनुपर्ने समितिले जानकारी दिएको छ । 

‘यस परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा ६० औं स्वस्थ शिशु प्रतिस्पर्धा २०८१ साल साउन ३० गते बुधबारका दिन बिहान ९ बजे हुने भएकोले यस अस्पतालमा जन्मेदेखि एक वर्षसम्मका बालबालिकाहरुलाई भाग लिन लगाउनुहुन यो सूचना प्रकाशित गरिएको छ’,जारी सूचनामा उल्लेख छ । 

अस्पतालको ओपिडी शाखाबाट एक सय रुपैयाँमा फाराम प्राप्त गर्न सकिनेछ । समितिका अनुसार जन्मेदेखि ४५ दिनसम्म, ४६ दिनदेखि ६ महिनासम्म र ६ महिनादेखि एक वर्षसम्मका शिशुबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतिस्पर्धामा विजयी हुने शिशुलाई भदौ १० गते कृष्ण जन्माष्टमीका दिन अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पुरस्कार र प्रमाणपत्र दिइनेछ ।

टिप्पणीहरू