भावी प्रधानमन्त्रीमाथि बालेन बम्केको बम्क्यै

भावी प्रधानमन्त्रीमाथि  बालेन बम्केको बम्क्यै

काठमाडौंका मेयर बालेन साहले तेस्रो पटक  प्रधानमन्त्री बन्ने तयारीमा रहनुभएका केपी शर्मा ओलीप्रति फेरि चर्को आक्रोश पोखेका छन् । हिजो बागमतीमा आएको बाढीप्रति लक्ष्यित गर्दै उनले सामाजिक सञ्जालमा केही फोटा पोष्ट गरेर आगामी प्रधानमन्त्रीत्वकालमा सुकुम्बासी समस्या समाधान हुने आशा व्यक्त गरेका छन् ।

माननीय केपी ओलीज्यू भन्दै सम्बोधन गरिएको  स्टाटसमा केही घण्टाको वर्षाका कारण आएको बाढीले नदी किनारमा रहेका सुकुम्बासी बस्ती डुबान भएको उनको भनाई छ । केही दिन लगातार पानी पर्दा नदी वरपरको अवस्था भयावह हुने उल्लेख गर्दै बालेन लेख्छन्, ‘उहाँहरुको जीवनसँग खेलबाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरुलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि जसरी ३० वर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० वर्ष पनि झुलाउने ?’

ओलीप्रति बालेनले गिरिबन्धु टि इस्टेटको जग्गाको सन्दर्भ जोडेर कटाक्ष गरेका छन् । काठमाडौंमा दुई हजार परिवार खोला छेउ बस्ने गरेको उल्लेख गर्दै मेयर भन्छन्, ‘तपाईंले पचाउन खोज्नुभएको गिरिबन्धुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे,त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’

टिप्पणीहरू