'र' का नयाँ नेपाल प्रमुख राजधानीमा

'र' का नयाँ नेपाल प्रमुख राजधानीमा
सुन्नुहोस्

भारतीय खुफिया एजेन्सी 'र' को नेपाल प्रमुख तोकिएका अँशुल शर्मा जिम्मेवारी सम्हाल्न काठमाडौँ आइपुगेका छन् । 

राघव पी.भट्नागरको ठाउँमा 'र'को स्टेशन चिफ नियुक्त उनी भिस्तारा एयरलाइन्सको युके १५७ मा दिल्लीबाट आजै काठमाडौँ  उत्रिएका हुन् । अंशुल यसअघि अमेरिकास्थित भारतीय दूतावासमा थिए । 

कार्यकाल सकिएर पनि यतै रहेका र प्रधानमन्त्री प्रचण्डले काँग्रेस छोडेर एमालेसँग मिल्दा पूर्वसूचना लिन नसकेको भनी नयाँ दिल्लीको आलोचनामा परेका राघव अँशुललाई सबै कुरा जिम्मा लगाएर यही असार २७ गते स्वदेश फर्कने तयारी छ ।
 

टिप्पणीहरू