प्रधानमन्त्रीले पद नछोडेकोमा केपी ओली क्रुद्ध, कांग्रेसलाई धन्यवाद

प्रधानमन्त्रीले पद नछोडेकोमा केपी ओली क्रुद्ध, कांग्रेसलाई धन्यवाद
सुन्नुहोस्

नेपाली काँग्रेससँग मिलेर सरकारको नेतृत्व लिने तरखरमा रहेको नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पुन: राजीनामा मागेको छ । 

'राष्ट्रिय सहमतिको सरकार' का नाममा प्रधानमन्त्रीलाई पद छोड्न आग्रह गर्दै आएको उसले आज संसदीय दलको बैठक राखेर मार्गप्रशस्त गर्न भनेको हो । संघीय संसद भवनमा बसेको दलको बैठकले प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परिसकेकाले आजै राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खोल्नुपर्ने निष्कर्ष निकालेको छ । 

प्रधानमन्त्री प्रचण्डले भने असार २८ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । एमालेले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बताए । 

बैठकले नयाँ सरकार गठनका लागि काँग्रेससँग भएको समझदारीको स्वागत गर्दै यसमा महत्वपूर्ण भूमिका खेलेकोमा काँग्रेसलाई धन्यवादसमेत दिएको छ । ‘काँग्रेससँगको समझदारीलाई संसदीय दलले स्वागत गरेको छ । र यस महत्वपूर्ण प्रक्रियामा सहभागी भएर मुलुकलाई स्थायित्व, स्थिरता दिनेतर्फ, विकास, समृद्धि र सुशासनको बलियो स्थिर सरकार बनाउने प्रक्रियामा नेपाली काँग्रेसले जुन महत्वपूर्ण भूमिका निर्वाह गर्यो, यसप्रति नेकपा एमालेको यस संसदीय दलको बैठकले काँग्रेसलाई धन्यवाद दिने निर्णय गरेका छौं', बर्तौलाले भने ।
 

टिप्पणीहरू