ब्रिक्समा पस्न ठिक्क पर्यो मलेसिया पनि

ब्रिक्समा पस्न ठिक्क पर्यो मलेसिया पनि स्रोत : सिन्ह्वा
सुन्नुहोस्

मलेसियाले ब्राजिल,रुस,भारत,चीन र दक्षिण अफ्रिका संस्थापक राष्ट्र रहेको सहयोग संगठन ब्रिक्सको सदस्यताका लागि आवेदन दिएको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार त्यहाँका प्रधानमन्त्री अनवर इब्राहिमलाई उल्लेख गर्दै मलेसियाको राष्ट्रिय समाचार समितिले उक्त कुराको पुष्टि गरेको छ । 

मलेसियाले सदस्यताको लागि हाल अध्यक्ष राष्ट्र रहेको रुससमक्ष आवेदन पठाएको हो । प्रधानमन्त्री इब्राहिमले सदस्य वा रणनीतिक पार्टनरको रुपमा आफ्नो मुलुकलाई ब्रिक्समा समाहित गरिने अपेक्षा राखेका छन् ।

टिप्पणीहरू