भलिबल खेलाडीलाई जनही तीन लाखको सिफारिस

भलिबल खेलाडीलाई जनही तीन लाखको सिफारिस

काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा द्वितीय भएका खेलाडीहरुलाई पुरस्कारस्वरुप जनही तीन लाख रुपैयाँ दिइने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को अस्ति बसेको बैठकले राष्ट्रिय महिला भलिबल टिमलाई पुरस्कारका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयमार्फत् सरकारलाई सिफारिस गरिएको परिषद्ले जानकारी दिएको छ । राष्ट्रिय खेलकुद विकास नियमावलीअनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपैयाँ पाउने छन् । 

प्रशिक्षकले दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोथेरापिस्टले जनही एक लाख २० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । 

साउन १७ देखि २३ गतेसम्म भएको काभा महिला नेसन्स लिग भलिबल प्रतियोगिताको लिग चरणमा नेपालले श्रींलका, माल्दिभ्स र भारतलाई हराएको थियो । सेमिफाइनलमा इरानलाई हराएर फाइनलमा पुगेको टोली भारतसँग पराजित भएको हो ।

टिप्पणीहरू