घुससहित समातिएका प्रहरी हवल्दारलाई विशेष अदालतको तारेख

घुससहित समातिएका प्रहरी हवल्दारलाई विशेष अदालतको तारेख
सुन्नुहोस्

घुससहित पक्राउ परेका प्रहरी हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका हवल्दार डुकबहादुर खड्का क्षेत्रीविरुद्ध मुद्दा दर्ता गरिएको छ । 

उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगको बुटवलबाट खटिएको टोलीले गत साउन ३१ गते उनलाई १५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको क्रममा रुपन्देहीको भगवानपुर नाका हुँदै भारतबाट भन्सार छलीका घरायसी सामान ल्याउन सहजीकरण गरिदिने भनी उनले सेवाग्राहीसँग घुस लिएको खुल्न आएको अख्तियारले जनाएको छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम १५ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित मुद्दा दायर गरेको हो ।

टिप्पणीहरू