मुसलधारे वर्षापछि थाइल्याण्डको आर्थिक केन्द्र डुबानमा

मुसलधारे वर्षापछि थाइल्याण्डको आर्थिक केन्द्र डुबानमा

कोक नदीमा बढेको जल सतहका कारण थाइल्याण्डको आर्थिक केन्द्र चियाङ राई डुबानमा परेको छ । आज बिहानको मुसलधारे वर्षापछि जनजीवन अस्तव्यस्त भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

चियाङ खोङ, चियाङ सेन, माई चान, माई फाह लुआंग र माई साईमा बाढीबाट १० हजारभन्दा बढी घरपरिवार प्रभावित भएका छन् । थाई मिडियाका अनुसार माई फाह लुआंगमा तीन जनाको मृत्यु भएको छ ।

कोक नदीले बितण्डा मच्चाएपछि सडक, पुल, माई फाह लुआंग चियाङ राई अन्तर्राष्ट्रिय विमानस्थल, प्रान्तीय हललगायतका स्थान डुबानमा परेका छन् । बाढीमा फसेकाको उद्धारमा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ ।

तस्बिरहरु

टिप्पणीहरू