संविधान दिवसमा टुँडिखेलमा मूल समारोह, दरबारमार्गमा कन्सर्ट

संविधान दिवसमा टुँडिखेलमा मूल समारोह, दरबारमार्गमा कन्सर्ट
सुन्नुहोस्

आज दसौं संविधान दिवस राष्ट्रिय दिवसको रुपमा मनाईंदै छ । २०७२ असोज ३ गते जारी संविधानले आजदेखि नौ वर्ष पूरा गरेको छ ।

काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह मनाइएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना मगरलगायत विशिष्ट पाहुनाहरुको उपस्थिति छ ।

 

समारोहमा नेपाली सेनाको हेलिकोप्टरले पृष्पवृष्टि गरेको छ भने नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकालगायतले विशेष झाँकी प्रस्तुत गरेका छन् । 

आजै राजधानीको दरबारमार्गमा नागरिकस्तरीय कन्सर्ट हुँदैछ । उता धरहरा पनि आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । 

सरकारले संविधान दिवस भव्यताका साथ मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । सरकारले आफ्नो घर तथा निवास, सवारी साधनमा राष्ट्रिय झण्डा फहराउन र साँझ दिपावलीका लागि आग्रह गरिएको छ ।

टिप्पणीहरू