अल जजिरा टेलिभिजनमाथि सूचना बेचेको आरोप

अल जजिरा टेलिभिजनमाथि सूचना बेचेको आरोप
सुन्नुहोस्

कतारको दोहामा हेडक्वार्टर रहेको अल जजिराको इजरायलस्थित कार्यालयमा इजरायली सेनाले छापा मारेको छ ।  रमुल्लाहस्थित अल जजिराको कार्यालयमा प्रवेश गरेको इजरायली सेनाले तत्काल कार्यालय बन्द गर्न निर्देशन दिएका हुन् । 

उनीहरुले टेलिभिजनका सूचना स्रोतसम्बन्धी कागजात, क्यामेरा तथा माइक्रोफोन पनि नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आफूविरुद्ध समाचार सम्प्रेषण गरेको र सूचना बेचेको आरोप लगाउँदै सेनाले ब्यूरो प्रमुख वालिद अल ओमारीलाई निशाना बनाएको जनाइएको छ । 

ओमारीले भने पत्रकारहरुलाई लक्षित गर्दैमा मानिसलाई सत्य समाचार सुन्न र पढ्नबाट कसैले रोक्न नसक्ने प्रतिक्रिया दिएका छन् । इजरायली सेनाको उक्त व्यवहारको सर्वत्र निन्दा र भत्सर्ना भइरहेको छ । 

गाजामा भइरहेको युद्धको यथास्थिति थाहा पाउनु हरेक नागरिकको अधिकार भएको जनाउँदै इजरायली सेनालाई तानाशाही व्यवहार बन्द गर्न अन्तर्राष्ट्रिय मिडिया र समुदायले चेतावनीपूर्ण आग्रह गरेका छन् । उक्त टेलिभिजनले विश्व राजनीति तथा कूटनीतिलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ ।

टिप्पणीहरू