पोखराको सूर्य दर्शन पुग्यो सीआइबी टोली

पोखराको सूर्य दर्शन पुग्यो सीआइबी टोली
सुन्नुहोस्

सूर्य दर्शन सहकारीको ठगी प्रकरणमा थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पोखरा पुगेको छ । जिल्ला प्रहरी कार्यालय पोखराले अनुसन्धानमा जटिलता देखिएको बताउँदै केन्द्रको सहयोग मागेपछि सिआइबीले एउटा टोली पोखरा पठाएको छ । 

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सूर्यदर्शनसहित पाँच सहकारीको ६५ करोडभन्दा बढी रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी ढंगले प्रवाह भएको बताइसकेको छ । जसको लागि सञ्चालकहरु जिबी राई, छविलाल जोशी, रवि लामिछानेलाई कारवाही गर्न पनि सिफारिस गरिएको छ । छविलाललाई पक्राउपछि पोखरा लगिएको छ । जिबी फरार रहेकाले बाँकी रहेकामध्ये रवि पनि पक्राउ पर्ने हल्ला चलेसँगै हिजो पोखरा जिल्ला प्रशासन कार्यलय बाहिर दुई समूहले नाराबाजी गरेका थिए । 

सहकारी पीडितहरुले रविलाई पक्राउ गर्न माग गरेका थिए । रास्वपाका समर्थकहरुले रविलाई पक्राउ गरे जे पनि हुन सक्ने भन्दै चेतावनी दिएका थिए । 

दुवै पक्षको आन्दोलन चर्किदै गएपछि पोखरा प्रहरीलाई पनि अनुसन्धानमा कठिनाई हुँदै गएको सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । जनआस्थासँग भने, ‘उताको प्रहरीले हामीसँग हेल्प मागेको थियो, त्यसैले हामीले केन्द्रबाट एउटा टोली पठाएका छौ ।’

टिप्पणीहरू