सरकारी नियतमा खोट देखाउँदै माइतीघरमा ओछ्यान लगाउने तयारी

सरकारी नियतमा खोट देखाउँदै माइतीघरमा ओछ्यान लगाउने तयारी

बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणको छानबिन र दोषीलाई कारबाही माग गर्दै डेढ महिनादेखि आन्दोलनरत अधिकारकर्मीहरु आज रातिदेखि माइतीघरमै बस्ने भएका छन् । 

विगत ४७ दिनदेखि आन्दोलन गरिरहेका उनीहरुले आज रातिदेखि माइतीघर मण्डलामै सुतेर उक्त विषयलाई चर्काउन लागेका हुन् । सरकारले बारम्बार न्यायका लागि वार्ता–सहमति गरेपनि अहिलेसम्म न्याय नपाएपछि पछिल्लो रणनीति बनाइएको उनीहरुको भनाइ छ ।

घाम–पानी नभनी आन्दोलन गरेको डेढ महिना बितिसक्दासमेत सरकारले न्याय नदिई बेवास्ता गरेको जनाउँदै उनीहरुले सरकारको नियतमा नै खोट रहेको समेत बताएका छन् ।

टिप्पणीहरू