कलिला खेलाडीहरुको शरीर चिर्न लागियो

कलिला खेलाडीहरुको शरीर चिर्न लागियो

पहिरोमा पुरिएर दिवङ्गत भएका छ जना खेलाडीको शव त्रिभुवन विश्वविद्यालय,शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ । मकवानपुरको सिस्नेरीमा एन्फाको प्रशिक्षणमा गएका ३६ जना खेलाडीमध्ये छ जना हिजो पहिरोमा पुरिएका थिए ।

मृतकको शवलाई नेपाली सेनाको  एनए ०३८ एमआई १७ हेलिकोप्टरमा राखेर हिजो साँझ काठमाडौं ल्याइएको हो ।

अविरल वर्षापछिको पहिरोमा परेर निजगढ घर भएका विकल रेग्मी, मकवानपुरका साइमन योञ्जन, कलंकीका प्रियान्स अर्याल, सिस्नेरीका दिवश बानियाँ, सर्लाहीका आदित्य बलम्पाकी र हेटाैंडाका अनुपम घलान मारिएका थिए । प्रहरीका अनुसार पोष्टमार्टमपछि शव परिवारलाई बुझाइने छ ।

टिप्पणीहरू