झाँक्रीसँग सहमति भएसँगै नगरकोटी दप्पतीको शव उठाइँदै

झाँक्रीसँग सहमति भएसँगै नगरकोटी दप्पतीको शव उठाइँदै

झाँक्री प्रकाश भुजेलको गाडीको ठक्करबाट निधन भएका नारायण नगरकोटीको शव आज उठाइँदै छ । भुजेल र मृतकको आफन्तबीच आर्थिक सहमति भएसँगै दुर्घटनाको पाँच दिनपछि शव उठ्न लागेको हो । 

कात्तिक २८ गते शंखरापुर नगरपालिका–९ मा भुजेलले चलाएको बा१९प २६९५ नम्बरको टोयोटा ल्याण्ड क्रुजर कारले नगरकोटी सवार बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार नारायण र उनकी श्रीमती सानुमाया गम्भीर घाइते भएका थिए । 

घाइतेलाइ तत्काल ग्राण्डी हस्पिटल पुर्याइएकोमा नारायणको सोही दिन र सानुमायाको हिजो उपचारकाक्रममा निधन भएको हो । मृतकका परिवारले क्षतिपूर्तिवापत एक करोड माग गर्दै शव उठाएका थिएनन् । 

तर, हिजो स्थानीय जनप्रतिनिधिको उपस्थितिमा दुवै पक्षबीच ५० लाखमा सहमति भएको काठमाडौँ प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए । भुजेलविरुद्ध सवारी ज्यान मुद्धा भने दर्ता भइसकेको उनले बताए । 

‘दुई पक्षबीच आर्थिक लेनदेनको सहमति भएर शव उठ्दैछ भन्ने जानकारी आयो, तर यो हाम्रो क्षेत्राधिकारभन्दा बाहिरको कुरा हो’, उनले जनआस्थासँग भने, ‘हामीले कानुन आकर्षित हुने विषयलाई हेर्ने भएको हुनाले उनी (भुजेल)विरुद्ध सवारी ज्यान मुद्धा दर्ता भएर अनुसन्धान भइरहेको छ ।’
 

टिप्पणीहरू