भारतमा ‘हृदयविदारक’ घटना, दुई दर्जन बढी शिशु आगोको लप्कामा
भारतको उत्तर प्रदेशस्थित झाँसीको एउटा अस्पतालमा भएको आगलागीमा १० नवजात शिशुको मृत्यु भएको छ । अन्य डेढ दर्जन शिशुको अवस्था गम्भीर रहेको बताइन्छ ।
गएराति झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसियुमा आगलागी हुँदा उक्त घटना भएको हो । डढेका १० मध्ये तीन शिशुको पहिचान हुन नसकेको अधिकारीहरुले जानकारी दिएका छन् ।
त्यहाँका प्रमुख जिल्ला अधिकारी अविनाश कुमारले विद्युत शर्टका कारण आगलागी भएको आशंका गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा बालबालिकाको दुःखद निधनलाई ‘हृदयविदारक’ घटनाको संज्ञा दिएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोकाकुल परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने बताएका छन् ।
टिप्पणीहरू