तनहुँमा दुइटा बस ठोक्किँदा चालकको निधन, ३० जना घाइते

तनहुँमा दुइटा बस ठोक्किँदा चालकको निधन, ३० जना घाइते
सुन्नुहोस्

तनहुँमा दुईटा यात्रुवाहक बस आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । 

आज दिउँसो पौने ४ बजे पृथ्वी राजमार्गको बन्दीपुर गाउँपालिका–५ गोरे चौतारा घुम्तीस्थित सडकमा पोखराबाट नेपालगञ्जतर्फ जादैँ गरेको भे १ ख ३४८७ र काठमाडौंबाट पोखरातर्फ गइरहेको जीएए ००७० नम्बरको यात्रुवाहक बस एकापसमा ठोक्किएको थियो । 

प्रहरीका अनुसार दुर्घटनामा जीएए ००७० नम्बर बसका चालक तनहुँ घर भई कास्की बस्ने ३९ वर्षीय रामबहादुर परियारको मृत्यु भएको छ । त्यस्तै, दुई वटै बसमा सवार ३० जना घाइते भएका छन् । 

उनीहरुको डुम्रेस्थित मोती र लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू