बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो,लामो यात्रामा ननिस्कन अनुरोध

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो,लामो यात्रामा ननिस्कन अनुरोध

अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट देशभरका विभिन्न स्थानमा मृत्यु हुनेको संख्या एक सय चार पुगेको छ । 

नेपाल प्रहरीका अनुसार शुक्रबारदेखि आज बिहानसम्म काठमाडौं उपत्यकासँगै विभिन्न जिल्लामा बाढीपहिरो र डुबानबाट एक सय चार जनाको निधन भएको छ । 

त्यस्तै, ६४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीपहिरो र डुबानमा परी ७३ जना घाइते भएका छन् । अहिलेसम्म तीन हजार ३५ जनाभन्दा बढीको उद्दार गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ । बाटो खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा ननिस्कन आग्रह गरिएको छ । 

कतै निस्कनु परेमा सम्बन्धित जिल्ला प्रहरी कार्यालय अथवा प्रहरीको १०० मा सम्पर्क गरी बाटोको अवस्थाबारे बुझ्न प्रहरीको अनुरोध छ ।
 

टिप्पणीहरू