पीडित महिलालाई स्यानिटरी प्याड अड्याउन भित्रीवस्त्रको अभाव

पीडित महिलालाई स्यानिटरी प्याड अड्याउन भित्रीवस्त्रको अभाव

हालैको बाढीपहिरो र डुबानले काठमाडौं उपत्यकासहित देशभरका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीको पानी घरभित्र पस्दा तथा पहिरोले घर बगाउँदा पीडित अधिकांश घरबारविहीन बनेका छन् । 

विभिन्न संघसंस्था तथा स्थानीय तहले उनीहरुको खाना र बासस्थानको न्यूनतम व्यवस्था गरेको पाइएको छ । यसैबीच बाढीका कारण घरबारविहीन बनेका महिला तथा किशोरीलाई महिनावारी हुँदा लगाउनुपर्ने स्यानिटरी प्याड अड्याउन भित्रीवस्त्रको अभाव भएको अवस्था छ ।

उनीहरुका लागि स्यानिटरी प्याडको केही बन्दोबस्त भए पनि भित्रीवस्त्रको अभाव भएको काठमाडौंकी सरिताश्री ज्ञवालीले जानकारी दिएकी छन् । भित्रीवस्त्र उपलब्ध गराउन इच्छुकहरुलाई आह्वान गर्दै सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो बाढीले असर पुर्याएका धेरै महिला, दिदीबहिनीहरुको महिनावारीको जरुरतका लागि स्यानेटरी प्याडको केही बन्दोबस्ती भएको तर भित्री वस्त्रको आवश्यकता भएको हुँदा कृपया इच्छुकहरुले केही सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।’

टिप्पणीहरू