नवनियुक्त प्रधानन्यायाधीशको शपथ दिउँसो
प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त हुनुभएको छ । संसदीय सुनुवाई समितिबाट राउतको नाम अनुमोदन भएपछि आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नुभएको हो ।
संविधानको धारा १२९ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
संवैधानिक परिषद्ले भदौ ३१ गते राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । असोज १६ गते संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थियो ।
नवनियुक्त प्रधानन्यायाधीश राउतले आज दिउँसो साढे एक बजे शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम छ ।
टिप्पणीहरू