निगमको न्यारो बडी विमानले काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्दै

निगमको न्यारो बडी विमानले काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्दै

नेपाल वायुसेवा निगमले ठूलो विमानबाट काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने भएको छ । मनसुनजन्य विपद्का कारण देशभर सडक संरचनामा क्षति पुगेकाले मुख्य चाडबाडमा नागरिकको सुविधालाई लक्षित गरी काठमाडौं—भैरहवा—काठमाडौं उडान गर्न लागिएको बताइएको छ । 

फूलपातीका दिन असोज २४ गते निगमले उडान गर्ने जानकारी दिएको छ । त्यसदिन काठमाडौंबाट बिहान ११ बजे भैरहवातर्फ हुने उडानको एकतर्फी भाडादर सात हजार रुपैयाँ तोकिएको छ । 

सोही दिन साढे १२ बजे भैरहवाबाट काठमाडौं उडान गर्ने जनाइएको छ । त्यसको भाडा तीन हजार आठ सय कायम गरिएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । उक्त विमानबाट १५८ जना यात्रुले उडान गर्न सक्छन् ।

यात्रुहरुले निगमको आन्तरिक बिक्री कार्यालय, निगमको वेवसाइट www.nepalairlines.com.np वा आफ्नो मोबाइलबाट समेत अनलाइन टिकट लिन सक्ने निगमले जनाएको छ ।

टिप्पणीहरू