चण्डी पाठ गर्नासाथ बिते भूतपूर्व मुख्यसचिव
भूतपूर्व मुख्यसचिव कर्णध्वज अधिकारीको निधन भएको छ । पञ्चायतकालको अन्ततिर तत्कालीन श्री ५ को सरकारका मुख्यसचिव अधिकारीको गत आइतबार निधन भएको हो ।
अधिकारी सन् १९८५ देखि ८९ सम्म मुख्यसचिव र २००४ देखि २००६ सम्म भारतको लागि नेपाली राजदूत थिए ।
छोरा अरुणध्वजका अनुसार पिता कर्णध्वजले आइतबार बिहान ९ बजेदेखि १० बजेसम्म घरमा दशैंको पूजापाठ गरेका थिए । करिब एक घण्टा चण्डी पाठ गरेका अधिकारीको आठ घण्टापछि निधन भएको थियो ।
टिप्पणीहरू