भारतमा बम बिस्फाेटको चेतावनी, इस्लामाबादमा उच्च सुरक्षा

भारतमा बम बिस्फाेटको चेतावनी, इस्लामाबादमा उच्च सुरक्षा

भारतको मुम्बईबाट आज बिहान साउदी अरेबियाका जेद्दा र ओमानको मस्कट शहरमा उडानको लागि तयारी भइरहेको अवस्थामा इण्डिगो एअरलाइन्सको विमानमा बम रहेको चेतावनी दिइएको छ । त्यसपछि ती विमानलाई विमानस्थलको सुरक्षित स्थलमा पुर्याएर आवश्यक चेक जाँच गरिएको बताइन्छ । 

आजै बिहान मुम्बईबाट न्यूयोर्कतर्फ प्रस्थान गरेको एअर इण्डियाको विमानलाई पनि बम रहेको चेतावनीपछि पुनः मुम्बई फर्काइएको छ । सामाजिक सञ्जाल एक्समा उक्त चेतावनी दिएपछि उडिसकेको विमानलाई मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको जानकारी दिइएको छ ।

उता पाकिस्तानको राजधानी इस्लामाबादमा सुरक्षा सतर्कता उच्च पारिएको छ । भोलि र पर्सि त्यहाँ हुन लागेको सांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनलाई ध्यानमा राखेर सेनाको गस्ती बढाइएको छ । उक्त संगठनको २३ औं सम्मेलनमा चीन, रुस, भारतलगायत १० सदस्य राष्ट्रका प्रतिनिधिमण्डल इस्लामाबाद पुग्ने क्रम जारी छ ।

टिप्पणीहरू