सम्मेलन नसकिंदै प्रधानन्यायाधीश स्वदेश फिर्ता

सम्मेलन नसकिंदै प्रधानन्यायाधीश स्वदेश फिर्ता

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत मलेसियाबाट फर्किनुभएको छ । एसिया र प्यासेफिक क्षेत्रका प्रधानन्यायाधीशहरुको सम्मेलनमा सहभागिता जनाएर उहाँ आज काठमाडौँ आइपुग्नुभएको हो । 

सर्वोच्च अदालतका मुख्य रजिष्टार देवेन्द्रराज ढकाल र रजिष्टार विमल पौडेलसहित प्रधानन्यायाधीश राउत शनिबार मलेसिया प्रस्थान गर्नुभएको थियो । उहाँहरु मलेसियन एयरलाइन्सको उडानमा दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । 

मलेसियाको न्यायपालिका र एसिया र प्याफिकका लागि कानून संघको संयुक्त आयोजनामा सो क्षेत्रका प्रधानन्यायाधीशहरुको सम्मेलन क्वालालाम्पुर चलिरहेको छ । हिजोदेखि शुरु भएको सम्मेलन भोलिसम्म चल्नेछ ।

टिप्पणीहरू